ब्याजदर घटेपछि बीमा खरिद गर्नेको संख्या वुद्धि

५ बर्ष अगाडि

काठमाडौं- बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ब्याजदर घटेपछि जीवन बीमा खरिद गर्नेको संख्या बढेको छ । बीमा गर्दा जोखिमसंगै बोनस समेत आउने भएपछि जीवन बीमालेख खरिद गरी लगानी गर्नेको संख्या बढ्दै गएको हो ।

कोरोनाको कहरबीच पनि जीवन बीमा कम्पनीहरुको आम्दानीमा निरन्तर सुधार देखिनुले पनि बैंकको निक्षेपमा भएको रकम बीमालेख खरिदमा गएको बुझिन्छ ।

बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षका पाँच महिनामा ४९ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । त्यस मध्ये १४ अर्ब ९३ करोड रुपैयाँ प्रथम बीमाशुल्क वापत संकलन गरेका हुन् । 

बैंकले निक्षेपबाट पाउने ब्याजदर घटाएपछि यस अवधीमा मात्रै १५ अर्ब रुपैयाँ बराबरको नयाँ बीमालेख बिक्री भएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले मुद्धती निक्षेपमा ६ देखि ७ प्रतिशतसम्म र बचत खातामा २ देखि ४ प्रतिशतसम्म निक्षेपकर्तालाई व्याज दिइरहेका छन् । 

करिब एक वर्ष अघि बैंक तथा वित्तीय संस्थाले दिने व्याज मुद्धती निक्षेमा ८.५० देखि ९.२५ प्रतिशत र बचत खातामा ४ देखि ६ प्रतिशत रहेको थियो ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया