काठमाडौं – नेपालमा डिम्याट खाता खोल्नेको संख्या २५ लाख नाघेको छ ।
हिजो सम्मको तथ्यांक हेर्दा नेपालमा डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख ३ सय ४५ पुगेको हो ।
पछिल्लो २ महिना यतामात्रै ३ लाख भन्दा धेरैले नयाँ डिम्याट खाता खोलेका छन् ।
डिम्याट खाता खोल्नेको संख्या हेर्दा हिजोबाट आइपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक ले नयाँ रेकर्ड राख्ने पक्का देखिएको छ ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटलका अनुसार शुक्रबार अपरान्हसम्म करिब ४ अर्ब रकम बराबरको आवेदन प्राप्त भइसकेको छ ।
शुक्रबार अबेरसम्म ३ करोड ८७ लाख ६४ हजार ३८० कित्ताका लागि ३ अर्ब ८७ करोड ६४ लाख ३८ हजार रुपैयाँको आवेदन प्राप्त भएको हो ।
यस अघि आइपीओ जारी गरेको चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख ५० हजार हारहारी आवेदकले आवेदन दिएका थिए ।
त्यसपछि पनि निफ्राको शेयरमा आवेदन दिन धेरै आवेदकले डिम्याट खाता खोलीरहेका छन् । जसकारण यस बैंकको आइपीओमा अहिले सम्म कै धेरै आवेदकले आवेदन दिन लगभक पक्का नै छ ।
बैंकले हिजो शरक्रबारबाट ८ अर्ब बराबरको ८ करोड कित्ता शेयर निष्काशन गरेको छ ।
प्रतिक्रिया