काठमाडौं- काठमाडौ अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिवल यस वर्ष पनि गर्ने भएको छ।
एक सातासम्म संचालन हुने उक्त अनलाइन फुड फेस्टिवलमा उत्कुष्ट फुड डिलसहित अग्मेन्टेडरियालिटी गेमका साथसाथै पहिलोपटक लाइभ म्यूजिकसमेत हुने भएको छ ।
लाइभ म्यूजिक इभेन्टमा ज्योभनभुजु, संजय महत, उज्वलमान श्रेष्ठ, प्रसन्ना अधिकारी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राख्दै छन् ।
साथै फुड फेस्टिवलमा पहिलो पटक पोखरामा समेत आयोजना गरिने भएको छ। कम्पनीले केही दिन अघिमात्र पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको हो ।
फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुडफेस्टिवल सन् २०१७ देखि नियमित रुपमा आयोजना गरिरहेको छ, जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जनसमेत प्रदान गर्दछ।
फुडमाण्डू अनलाइन फुड फेस्टिवलमा नेपालका उत्कृष्ट रेष्टुरेन्टहरु सहभागी छन जसमध्ये काठमाडौंमा ३० वटा रेस्टुरेन्ट तथा पोखरामा १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन् ।
प्रतिक्रिया