शिक्षाशास्त्र संकायको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने

५ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालय  एम एड प्रथम सेमेस्टरको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने   भएको छ । परीक्षा नियन्त्रण शाखा बल्खुले एक सुचना जारी गर्दै  शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहको  परीक्षा फारम अनलाइनबाटै भर्न सकिने बताएको हो ।

फागुनमा  हुने शिक्षा शास्त्र संकायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित प्रथम सेमस्टरको परीक्षामा खुल्ला तथा दूर सिकाइका विद्यार्थीसमेत सहभागी हुन पाउने छन् ।नियमित, आंशिक तथा मौका परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही माघ २० गतेभित्र आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन अनलाइनमार्फत भर्न सक्नेछन् ।

विद्यार्थीहरुले संकायको वेबसाइटमा गएर नियमित विद्यार्थीहरुले प्रवेश परीक्षाको सि। नं। तथा आंशिक विद्यार्थीहरुले त्रिवि रजिष्ट्रेसन नम्बर मार्फत मात्र अनलाइन परीक्षा फाराम भर्न सक्नेछन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया