नेपालमा नयाँ सहकारी बैंक खुल्दै

५ बर्ष अगाडि

नेपालमा नयाँ सहकारी बैंक खुल्ने भएको छ । 

उक्त बैंक स्थापनाका लागि यही माघ १७ गते प्रारम्भिक भेला बोलाइएको छ ।

त्यस्तै, उक्त बैंकको नाम ‘नेपाल सहकारी बैंक’ राख्ने प्रस्ताव समेत गरिएको बताइएको छ ।

यस बैंकको दर्ता प्रक्रिया सुरु गर्न सहकारी विभागमा फाइल पठाइनेछ भने स्वीकृति लिन नेपाल राष्ट्र बैंकमा प्रक्रिया अगाडि बढाइनेछ। 

सहकारी बैंक दर्ता गर्न विभिन्न सर्तहरु छन् । जसमा सहकारी बैंक दर्ता हुन ५०१ सहकारी संस्था आवश्यक पर्दछ। 

तर हालसम्म करिब १ हजार संस्थाले दर्ता प्रक्रियामा सहभागी हुने बताइएको छ। 

त्यस्तै,आवेदक सहकारी  लगातार ३ वर्षदेखि नाफामा रहेको हुनुपर्ने प्रावधान छ।

प्रारम्भमा यो बैंकको सेयरपुँजी ३ अर्ब रुपैयाँ हुने बताइएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया