भारतको चाहना, नेपालमा चुनाव होस्

५ बर्ष अगाडि

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा भारतले नेपालमा चुनाव चाहेको सन्देश दिएको छ । 

परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँ गरेका विभिन्न उच्चस्तरीय भेटघाट तथा बैठकहरुमा नेपालमा देखिएको राजनीतिक संक्रमणको बारेमा चर्चा गर्दा भारतले आफू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै पक्षमा रहेको स्पष्ट पारेको स्रोतहरुले दावी गरेका छन् । 

स्रोतका अनुसार ओली नेतृत्वको सरकारले जे निर्णय गरेको छ, त्यसको पक्षमा रहेको सन्देश भारतले मन्त्री ज्ञवालीलाई दिएको छ । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । भारतले पनि संसद विघटनका बारेमा सर्वोच्च अदालतबाटै उचित फैसला हुने भन्दै तत्कालका लागि निर्वाचनमा जाने एजेण्डाकै समर्थन जनाएको स्रोत बताउँछ ।

मन्त्री ज्ञवालीको भ्रमणले नेपाल–भारतको बीचमा रहेको तनाव केही कम भएको छ र वार्ताका ढोकाहरु खुलेको विश्लेषण पनि भइरहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया