राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई पुर्नकर्जा वितरण गर्न लाग्दा विभिन्न सर्तहरु अघि सारेको छ ।
बैंकले चुक्तापुँजी नपुगेका लघुवित्तले पुनरकर्जामा सहभागिता नपाउने सर्त अघि सारेको हो ।
राष्ट्र बैंकले चुक्ता पुँजी नपुराएका र राष्ट्र बैंकबाट कार्वाहीमा परेका लघुवित्तले पुनरकर्जा लिन नपाउने उल्लेख गरेको छ ।
त्यस्तै, राष्ट्र बैंकले विगतका ३ बर्षमा प्रमुख कार्यकारी अधिकृत वा संचलक समितिका कुनै पनि सदस्य कार्बाहीमा नपरेको हुनुपर्ने सर्त समेत अघि सारेको छ ।
प्रतिक्रिया