काठमाडौं- मर्चेण्ट बैंकर संस्थागत परामर्श सेवाका साथै विशिष्टिकृत लगानी कोष संचालनका लागि तयार रहन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ ।
माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स एक आपसमा मर्ज भइ बनेको माछापुच्छ्रे कृति क्यापिटलको एकिकृत कारोवारको समुद्घाटन गर्दै बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमताको विस्तार गर्नुपर्ने बताए ।
साथै नेपालको पूँजीबजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमश विकास हुदै गइरहेकोले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताए ।
प्रतिक्रिया