सुपरदोर्दी इन्भेष्मेन्ट र पिपुल्स हाइड्रोपावर मर्ज हुँदै

५ बर्ष अगाडि

काठमाडौं- सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी र पिपुल्स हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । माघ २५ गते हुने सुपरदार्दी इन्भेष्टमेन्टको छैटौँ साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव अघि बढाउने भएको हो ।

कम्पनीको साधारण सभा पिपुल्स हाइड्रोपावरको सभा कक्षमा दिउँसो ३ बजेदेखि भर्चुअल माध्यमबाट सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी पिपुल्स हाईड्रोपावर लिमिटेडमा मर्जर हुने, प्राप्ति गर्ने सन्दर्भमा आवश्यक पर्ने विभिन्न समितिहरू गठन गर्ने, आवश्यक विषय विज्ञहरूको नियुक्ति गर्ने कम्पनीले जनाएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया