माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटलको एकीकृत कारोबार आजबाट

५ बर्ष अगाडि

काठमाडौं- आजबाट माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेडको एकीकृत कारोबार सुरू हुँदै छ । 

नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै क्यापिटललाई पौष ९ गते अन्तिम स्वीकृती प्रदान गरे सँगै आजबा एकीकृत कारोबार सुरु हुने भएको हो । 

मर्जर पश्चात अब 'माछापुच्छ्रे कृति क्यापिटल​' को नामबाट एकीकृत कारोबार  हुनेछ । एकिकृत कारोबारपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविकको कृति क्यापिटलको कार्यालय रहेको स्थान बागदरबार, सुन्धारामा रहनेछ ।

कम्पनी रजिष्ट्रार कार्यालयले मर्जर प्रक्रिया पौष १७ गते स्वीकृती प्रदान गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया