अन्तरबैंक कारोबारमा भारी गिरावट, यस्तो छ तथ्यांक

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षमा अन्तर बैंक कारोबारमा भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको चालु आवको पहिलो पाँच महिनाको तथ्यांकलाई हेर्दा यस्तो देखाएको हो । 
गत आवको पाँच महिनामा कुल ८ खर्ब ७२ अर्ब ५ करोडकोको अन्तर बैंक कारोबार भएको थियो । तर, यो बर्ष २ खर्ब ७ अर्ब ९ करोडको शेयर कारोबार भएको छ । 
यस अवधीमा वाणिज्य बैंकहरुको रु.१ खर्ब २८ अर्ब ५३ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.७८ अर्ब ५६ करोड गरी कुल रु.२०७ अर्ब ९ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरुको रु.७ खर्ब ९७ अर्ब ९० करोड र अन्य वित्तीय संस्थाहरुको रु.७४ अर्ब १६ करोड गरी कुल रु.८ खर्ब ७२ अर्ब ५ करोड अन्तर बैंक कारोबार भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया