व्याज अनुदानमा ५२ हजारले लिए बैंकहरुबाट कर्जा

५ बर्ष अगाडि

काठमाडौं – व्याज अनुदानमा आधारीत सरकारको सहुलितपूर्ण कर्जा कार्यक्रम अन्तरगत ५२ हजार ४८ जनाले ऋण लिएका छन् । चालु आवको मंसिरसम्म यतिका संख्यामा कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 
नेपाल राष्ट्र बैंकले व्याजमा ५ देखि ६ प्रतिशत विन्दुसम्मअनुदान दिने गरि केही बर्षदेखि यो कार्यक्रम ल्याएको थियो । यसमा बैंकहरुले सबै बर्गको बैंक तथा वित्तिय संस्थाहरुले तोकिएको न्यूनतम सिमा पुग्ने गरि कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । सोही अनुसार हालसम्म यतिका मामामा कर्जा प्रवाह भएको हो । 
राष्ट्र बैंकका अनुसार उनीहरुमा प्रवाह भएको कर्जा मध्ये रु.८६ अर्ब ३० करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३० हजार ८०७ ऋणीलाई प्रवाह भएको छ । कृषि अन्तरगत रु.६८ अर्ब ६९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २१ हजार २४१ ऋणीको रु. १७ अर्ब ६१ करोड कर्जा बक्यौता रहेको छ । यस अन्तरगत दलित, युवा, शिक्षत युवा, विदेशबाट फर्किएका युवा, महिलाहरुलाई उद्यम बनाउनका लागि कर्जा प्रवाह गरिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया