काठमाडौं- एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सभा हुने भएको छ । बैंकको आठौं वार्षिक साधारणसभा माघ २५ गते अकामा होटल, सुकेधार काठमाडौंमा बिहान ११ बजेबाट हुने भएको हो ।
गत पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले सभा गर्ने निर्णय गरेको थियो । कोरोना जोखिमका कारण सभामा उपस्थित हुने शेयरधनीहरुका लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्तपूँजीको २.८५ प्रतिशत बोनस शेयर र ०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७६/७७ को वार्षिक नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट ६ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।
प्रतिक्रिया