गरिमा विकास बैंकद्धारा साधारण सभाको आह्वान, लाभाँश कति

५ बर्ष अगाडि

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडको साधारण सभा हुने भएको छ । बैंकले आफ्नो १४औं वार्षिक साधारणसभा माघ ३० गते बोलाएको हो । 

गत पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले होटल पोखरा ग्राण्ड, पोखरामा बिहान १०ः३० बजेबाट सभा गर्ने निर्णय गरेको छ । 

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्तपूँजीको १३.५ प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि माघ १२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरिनेछ । त्यसैले नेप्सेमा माघ ११ गतेसम्म कारोबार गर्ने शेयरधनीहरुले मात्र सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया