कस्तो रहला आजको मौसम ?

५ बर्ष अगाडि

काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । भने प्रदेश नम्बर १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

यस्तै प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका धेरै भूभागहरूमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहनेछ ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागहरुमा आंशिक बदली रहने देखिन्छ । अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । 

देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेकोछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया