काठमाडौं- चन्द्रागिरी हिल्स लिमिटेडले आइपीओ भर्नेलाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
पौष २९ गते सम्पन्न भएको ११ औं बर्षिक सधारण सभाले चन्द्रागिरीको आइपीओ भर्नेलाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।
साधारण सभाको अवसरमा, चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना माघ ०५ देखि १ बर्ष सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया