एजेन्सी- अमेरिकी राष्ट्रपति डानोल्ड ट्रम्पको गत हप्ता ट्वीटर, फेसबुक र इंस्टाग्रामजस्ता सोशल मिडिया प्लेटफर्मले अकाउन्टमाथि सधैँका लागि प्रतिबन्ध लगाइदिएका छन् ।
अमेरिकी संसदमा राष्ट्रपति डानोल्ड ट्रम्पका समर्थकद्धारा गैरकानुनी रुपमा जबरजस्ती प्रवेशसँगै उनलाई सोशल मिडियाले यस्तो गरेको हो ।
यति मात्र नभएर उनका ७० हजार समर्थकहरुको अकाउन्ट पनि निलम्बित गरिदिएको छ । राष्ट्रपति ट्रम्पले बारम्बार बिना प्रमाण डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनको ३ नोभेम्बरको चुुनावी जीतलाई चुनौती दिइरहेका छन् ।
ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले ट्वीटरमा लागेको प्रतिबन्धपछि फ्री स्पीच अब अमेरिकामा उपलब्ध नहुने बताएका छन् । तर अर्कातर्फ उनका समर्थकहरु उनको आफ्नो एउटा छुट्टै सोशल मिडिया प्लेटफर्म होस् भन्ने चाहान्छन् ।
स्वयम् राष्ट्रपतिले नै एउटा नयाँ सोशल मिडिया प्लेटफर्म सुरु गर्ने विचार राखेको बताएका छन् । जसमा उनी स्वतन्त्र रुपमा आफ्नो विचार शेयर गर्न सकुन भन्ने कुरालाई लिएर अहिले उनका समर्थकहरु उत्साहित भएका छन् ।
तर एउटा नयाँ सोशल मिडिया प्लेटफर्म बनाउन कति सहज छ ? वा के ट्वीटर, फेसबुक र इंस्टाग्राम जस्ता प्लेटफर्मको कुनै विकल्प छ ? जसको पहुँच यिनै प्लेटफर्म जस्तो होस् र त्यो विश्वभरमा यिनीहरु जस्तै लोकप्रिय होस्र । यो प्रश्न हरेक ती व्यक्तिहरुको दिमागमा हुने गर्छ ।
जो आफ्नो विचार प्रचारका लागि यस्ता निःशुल्क सोशल मिडिया प्लेटफर्मको दैनिक प्रयोग गर्ने गर्दछन् । तर उनीहरुलाई आफ्नो विचारका कारण आफूमाथि प्रतिबन्ध लाग्ला कि भन्ने डर रहेको हुन्छ।
प्रतिक्रिया