काठमाडौं- वोमी लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न संस्थाको ९ औं भएको साधारणसभाबाट उक्त लाभांशको प्रस्ताव पारित गरेको हो ।
कम्पनीको सभा काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा सम्पन्न भएको थियो । साथै सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १स्१ अनुपातमा स्वाप रेशियोमा गाभ्ने प्रस्तावलाई पनि पारित गरेको हो ।
हाल कम्पनीको चुक्तापुँजी रू. २७ करोड ७८ लाख ४८ हजार रहेको छ । ३० प्रतिशत बोनस शेयर वितरण पछि उक्त पूँजी रू। ३६ करोड १२ लाख पुगेको छ । हालसम्ममा कम्पनीले ३८ जिल्लामा ६१ ओटा शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया