लमजुङ र सल्यानमा स्वास्थ्य बीमा सुरु, भोलिबाट पाँचथरमा

५ बर्ष अगाडि

काठमाडौं- जिल्ला स्वास्थ्य बीमा बोर्डले लमजुङ र सल्यान स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । बुधबार लमजुङमा र सोमबार सल्यान जिल्लामा कार्यक्रम शुरु गरिएको हो । 

बोर्डका अनुसार सल्यान र लमजुङ जिल्लामा बोर्डका कार्यकारी प्रमुख दामोदर बस्यौला र स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा कार्यक्रमको औपचारिक शुरुवात गरिएको छ ।

साथै माघ २ गते बोर्डले पाँचथर जिल्लामा कार्र्यक्रम विस्तार गर्ने भएको छ । जिल्लामा सेवा विस्तारका लागि पूर्व तयारी भईरहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार हालसम्म लमजुङ र सल्यान सहित ६४ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ। नेपाल सरकारले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । 

यसै आर्थिक वर्षमा सबै जिल्लामा कार्यक्रम पु¥याउने लक्ष्य बोर्डको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया