काठमाडौं – लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय बिक्रम शाहले गत आवमा तलव भत्ता बापत १ करोड ९ लाख ८० हजार तलव भत्ता बुझेका छन् । बैंकले हालै सार्वजनिक गरेको गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
यस्तै, बैंकले गत आवमा अन्य उच्च पदस्थ अधिकारीले ५ करोड ७५ लाख ४० हजार पारिश्रमिक दिएको छ ।
यसका अतिरिक्त बैंकका कर्मचारीहरुले कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा र शर्तहरु अनुसार अन्य सुविधाहरु पाएको बताइएको छ । कम्पनी सचिवलाई मासिक भत्ताको व्यवस्था ुसमेत गरिएको छ ।
बैंकले सञ्चालकहरुलाई पारिश्रमिकको व्यवस्था गरेको छैन । सञ्चालक समितिको बैठकमा भाग लिए वापत प्रति वैठक अध्यक्षलाई रु. १२ हजार र सञ्चालकलाई रु. १० हजार भत्ता उपलव्ध गराइएको छ । यस वाहेक प्रति महिना मोवाइल फोन खर्च सोधभर्ना बापत रु. २ हजार र बैठक स्थल भन्दा बाहिरका सञ्चालकहरुलाई सञ्चालक÷संचालक स्तरीय समितिको बैठकमा भाग लिन आउन जानका लागि भ्रमण खर्च सोधभर्ना उपलव्ध गराइएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया