माघीपर्वका अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा शुभकामना

५ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका छन् ।

उनले आज शुभकामना सन्देश जारी गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई माघी मनाउन अनुरोध गरेका छन् ।

उनले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन् । माघीपर्व थारू समुदायको महत्वपूर्ण पर्वका रूपमा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया