सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको हिजो साधारण सभा सम्पन्न भएको छ।
बैंकको साधारण सभा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको हो ।
उक्त सभाबाट कम्पनीले दुई आर्थिक बर्षको ७।२५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद लाभांश गरि कुल १४।२५ प्रतिशत लाभांश पारित गरेको छ।
त्यस्तै, सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला,मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित समेत गरेको छ ।
प्रतिक्रिया