लाभांश वितरण गर्न इन्फिनिटी लघुवित्तले डाक्यो साधारण सभा

५ बर्ष अगाडि

इन्फिनिटी लघुवित्त संस्थाले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । 

संस्थाले लाभांश वितरण मुख्य प्रस्ताव सहित माघ २४ गते सभा बोलाएको हो ।

उक्त सभाले लगानिकर्ताहरुलाई प्रस्ताव गरेको १४।२५ प्रतिशत बोनस र ०।७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

त्यस्तै, सोही सभाले अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्त संस्थाहरु गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुने प्रयोजनाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

कम्पनीको सभा वलपुरको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ । 

उक्त लाभांश तथा साधारणसभा प्रायोजनका लागि कम्पनीले  माघ ९ गते बुक क्लोज गर्दैछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया