कार्तिकको तुलनामा मंसिरको शोधानान्तर स्थितीमा गिरावट, १ खर्ब ६ अर्ब ४८ करोड बचतमा

५ बर्ष अगाडि

गएको मंसिर महिनामा देशको शोधनान्तर स्थितीमा सामान्य गिराबट आएको तथ्यांक सार्वजनिक भएकाे  छ ।

चालु आर्थिक चौथो महिनमा १ खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको शोधनान्तर स्थिती मंरिमा १ खर्ब ६ अर्ब ४८ करोड बचतमा झरेको हो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे विवरण अनुसार कार्तिकको तुलनामा मंसिरको शोधानान्तर बचत ४ अर्बले कमी हो । अघिल्लो वर्षको सोही अवधिमा भने मुलुकको शोधान्तर स्थिती २३ अर्ब ३० करोड बचतमा थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैदेशिक ब्यापारमा व्यापक कमी आएकोले  शोधनान्तर बचत उच्च दरमा बढेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्ततासंगै आयातमा कमी आउनु र रेमिटेयान्स आप्रबाहमा उच्च सुधार आएपछि शोधनान्तर बचत बढेको हो ।

चालु आर्थिक वर्षको मंसिर महिनामा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपौयँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा पूँजीगत ट्रान्सफर १६ प्रतिशतले कमी आई ४ अर्ब ७५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१।५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड रुपौयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।
 

५ बर्ष अगाडि

प्रतिक्रिया