जनताले थाहै नपाई बिग्रिए २ करोड ४० लाख खर्च गरेर राखिएका स्मार्ट डस्टबिन

५ बर्ष अगाडि

देशको राजधानी काठमाडौंमा २ करोड ४० लाख खर्च गरेर राखिएका स्मार्ट डस्टबिनहरु प्रयोग नै नगरी बिग्रिन थालेका छन् । काठमाडौं महानगरपालिकाले ३ बर्ष अगाडी जडान गरेका ४० वटा स्मार्ट डस्टबिन प्रयोग नगरी बिग्रिएका हुन् । 

महानगरपालिकाले  कृष्ण सप्लायर्स सँगको साझेदारीमा काठमाडौंको माइतीघर, न्युरोड, रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर, सिनामंगल, चाबहिल, बबरमहल लगायत ठाउँमा तीन वर्ष अघि डस्टबिन जडान गरेको थियो । 

विज्ञापन राख्न मिल्ने गरी तीन वर्ष अघि स्थापना गरेका डस्टबिनहरुमा प्रदुषणको मात्रा, तापक्रमको  अवस्था पनि देखाउने र चार्ज गर्न मिल्ने पोर्टहरु छन् । 

तर महानगरले ति डस्टबिनहरु के का लागि राखेको हो भन्ने विषयमा सर्वसाधारणलाई कहिल्यै जानकारी दिएन । त्यसैले प्रयोगका विषयमा जनताले थाहा नै नपाउँदै डस्टबिनहरु काम नलाग्ने हुन थालेका छन् ।

स्मार्ट डस्टबिन सबै ठाउँमा जडान गरिए पनि प्रदुषण नाप्ने मेसिन भने सञ्चालनमा नआएको महानगरले जनाएको छ ।महानगरले हाल रत्नपार्क, बसुन्धरा, महाराजगन्ज र कोटेश्वर गरी चारथान मात्र चलिरहेको बताए पनि सप्लायर्सले भने २८ थान चलिरहेको बताएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया