साधारणसभा बाट छिमेक लघुवित्तको लाभांश पारित

५ बर्ष अगाडि

छिमेक लघुवित्तले आज आफ्नो १९औंं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

उक्त साधारण सभाबाट कम्पनीले लगानीकर्तालाई प्रस्ताव गरेको लाभांश प्रस्ताव पारित गरेको छ । 

यस अघि कम्पनीको सञ्चालक समितिले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई  ७ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस शेयर गरी कुल २९ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव अघि सारेको थियो ।

आजको सभा संस्थाका अध्यक्ष विश्वमित्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । संस्थाको साधारण सभा हेटौंडाको होटल सामना प्रालिमाआज सम्पन्न भएको हो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया