नेपाल बैंक लिमिटेडको सञ्चालकका लागि चार जनाले प्रतिस्पर्धा गरेका छन् ।
बैंकको नियमावली बमोजिम सर्वधारणको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जनाको लागि चार जनाले प्रतिस्पर्धा गरेका हुन् ।
सानेपा ललितपुरका बिष्णु कुमार अग्रवाल, ठोरी पर्साका निरबहादुर बुढाथोकी, पुल्चोक ललितपुरका ओमकृष्ण श्रेष्ठ र काठमाडौँका विवेक शमशेर जवरा प्रतिस्पर्धी रहेको बैंकले जनाएको छ ।
बैंकको आज जारी साधारण सभामा उनीहरुको निर्वाचन चलिरहेको छ । जसबाट तीन जना निर्वाचित हुने छन् ।
प्रतिक्रिया