आइपीओ निष्काशन गर्न लागेको इन्फ्रास्ट्रकचर बैंकले पायो नयाँ सीईओ

५ बर्ष अगाडि

नेपाल इन्फ्रास्ट्रकचर बैंकको मुख कार्यकारी अधिकृत सीईओ मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् ।

बैंकको आज बसेको संचालक समितिको बैठकले उक्त निर्णय लिएको हो । 

यस अघि खतिवडा विद्युत नियमन आयोगको सदस्य, गानी बोर्डको परामर्शदाता र एचआइडीसीएलको वित्त विभाग प्रमुख समेत भइसकेका छन् ।

यस बैंकले आउने माग २ गतेबाट ८ अर्ब बराबरको आइपीओ जारी गर्दैछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया