सेन्चुरी बैंकले स्वतन्त्र तिब्बतको पक्षधर दलाइ लामाको फोटो पुजा गर्ने गरेको पोल खुलेको छ ।
बैंकको जारी नवौँ तथा दशौं साधारण सभामा सेयरधनी कोषराज निरौलाले बैंकको चुच्चेपाटी शाखामा दलाई लामाको फोटो राखेर पुजा गर्ने गरेको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
‘सेन्चुरी बैंक वित्तिय कारोबार गर्ने सँस्था हो, यसले दलाई लामालाई चिन्दैन’, उनले भने, ‘दलाई लामाले प्रकाशित गरेको पुस्तकमा नेपाललाई स्वीकार नै गरेको छैन, त्यस्तो व्यक्तिको फोटो बैंकमा किन राखिएको छ ?’
उनले राख्नै परे भृकुटी, बुद्ध, सगरमाथा लगायतको फोटो राख्न पनि सुझाव दिए ।
दलाई लामा स्वतन्त्र तिब्बतको पक्षमा लागेका व्यक्ति हुन् । एक चीनको बिरुद्धमा लाग्न उनलाई अमेरिकाले आर्थिक सहयोग गरेको बताइएको छ । उनी अहिले भारमा निर्वासित जीवन विताइरहेका छन् ।
प्रतिक्रिया