मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख, वागमती प्रदेश सुशासन केन्द्रको निर्देशकमा विमल पोखरेल

५ बर्ष अगाडि

वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउण्डेशनलाई सामाजिक विकास मन्त्रालयमार्फत रु ५० लाख दिने निर्णय गरेको छ । 

मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले  विविध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई रकम दिने निर्णय गरेको हो ।

फाउण्डेसनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटका सदस्य राखेर नयाँ पार्टीको तयारी गरेको आरोप लाग्ने गरेको छ । 

यसैगरी सोही मन्त्रिपरिषद बैठकले प्रदेश सुशासन केन्द्रको निर्देशकमा दोलखाका विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चार वर्षे कार्यकालका लागि पोखरेललाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए।

यस्तै सङ्घीय समपूरक तथा विषेश अनुदानतर्फका आयोजना र कार्यक्रमहरु प्रस्ताव गर्ने, वैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीका लागि रु दुई करोड ४० लाख दिने, प्रदेशका स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउनेलगायतका निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया