विभाजित नेकपाको मुद्दा हेरिरहेका निर्वाचन आयोगका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरकारले सरुवा गरेको छ ।
आयोगको कानुन शाखाका प्रमुख समेत रहेका गौतमको हठात् सरुवा गरिएको निर्वाचन आयोग श्रोतले बताएका ेछ ।
आयोगमा विचाराधीन मुद्दा हेरिरहेका गौतमको सरुवालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
सरकारले उनको सरुवा गरेपछि नेकपा प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराईले मंगलबार राति ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका छन् । ‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धि बहस चलिरहेको अवस्थामा आयोगका बरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ, नियतमाथि शंका, षड्यन्त्रको आभाष’, उनले लेखेका छन् ।
निर्वाचन आयोग स्रोतका अनुसार कानुन शाखाका प्रमुख गौतमका साथै आयोगका आयुक्तहरुले नेकपा विवादको मुद्दा हेरिरहेका थिए ।
प्रतिक्रिया