चामत्कारिक रुपमा प्रहरी संगठनमा फड्को मारेका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल निर्वाचन गराउने कमाण्डर तोकिएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी पोखरेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन समन्वय समिति गठन गरेको हो ।
समितिमा पोखरेल, प्रहरी नायब महानिरीक्षक (डिआइजी)द्वय सुनिल कुमार श्रेष्ठ, दिवेश लोहनी सहित ३७ जना प्रहरी अधिकृत सदस्य छन् ।
विद्यार्थी कालमा नेपाल विद्यार्थी संघको राजनीति गरेकाे भएपनि पाेखरेल पछिल्लाे समय प्रधानमन्त्री कार्यालय हेर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलका विश्वासपात्रका रुपमा चिनिन्छन् ।
उनकै पहलमा उनले प्रहरी संगठनमा चामत्कारिक रुपमा फड्को मारेकाे प्रहरी सँगठनभित्र ब्यापक चर्चा छ ।
केन्द्रीय निर्वाचन समन्वय समिति गठन लगत्तै एआइजी पोखरेलले समितिका सदस्यहरुलाई निर्वाचनमा रणनीतिका साथ सुरक्षा योजना बनाएर काम गर्नुपर्ने बताएका छन् ।
उनले निर्वाचनका लागि प्रदेश प्रहरीसँग समन्वय पनि आवश्यक रहेको बताए।
यसअघि सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका थिए।
प्रतिक्रिया