नेपाल एसबिआई बैंकले लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
बैंकको आज बसेको २७ औँ वार्षिक साधारणसभाले गत आवको मुनाफाबाट लगानीकर्ताहरुलाई ९.४७ प्रतिशत लाभांश पारित गरेको हो ।
उक्त लाभांश यस अघि बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको थियो ।
बैंकको आज बसेको सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरमा जानका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकको साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।
प्रतिक्रिया