सनराइज बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा सुरु

५ बर्ष अगाडि

काठमाडौं- सनराइज बैंक लिमिटेडले थप ५ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । 

यो सँगै शाखारहित बैंकिङ्ग सेवाको संख्या ६३ पुगेको छ । बैंकले पुस २४ गते व्यास नगरपालिका –१४ केशवटार तनहुँ, सुनवल नगरपालिका–७ अस्नैया नवलपरासी र गढी गाउँपालिका –२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ्ग सेवा खोलेको छ ।

त्यस्तै पुस २५ गते शनिबार धुर्कोट गाउँपालिका –३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका– ७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यसैगरी बैंकले पुस २७ गते काठमाडौं कलंकी स्थित मालपोत कार्यालयमा बैंकको १२ औं एक्सटेन्सन काउण्टरको शुभारम्भ गरेको छ । हालसम्म बैंकले १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा ए।टि।एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया