लक्ष्मी बैंकको साधारण सभा सम्पन्न कति लाभांश पारित ?

५ बर्ष अगाडि

काठमाडौं- लक्ष्मी बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित साढे ११ प्रतिशत लाभांश पारित गरेको छ ।

हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड पुगेको छ ।

साथै सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत पनि गरेको छ । 

साथै सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन र स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया