'राष्ट्रिय वाणिज्य बैंकको एटीएम जहाँ गयो त्यही बिग्रेको'

५ बर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एटीएम मेसिनमा निकै समस्या भएको गुनासो गरेका छन् । बैंकले मंगलबार दिउँसो आफ्नो फेसबुक पेजमा राखेको एटीएम कार्ड सेफ्टी टिप्समा कमेण्ट गर्दै ग्राहकले यस्तो गुनासो गरेका हुन् । 

फेसबुकमा सुर्खेत जिल्ला अदालतका कर्मचारी कपिल कोइरालाले ग्राहकको गुनासो प्रति बैंकको ध्यानाकर्षण समेत गराएका छन् । ‘वाणिज्य बैंकको एटएिमबाट प्रायः पैसै निस्कँदैन, जहाँ गयो त्यहिँ बिग्रीरहेको हुन्छ’, उनले लेखेका छन्, ‘वाणिज्य बैंकमै वा अर्को बैंकमा गएर पैसो तान्यो अकाउण्टबाट पैसो काट्छ, तर पैसा आउँदैन र हैरान बनाउँछ ।’

त्यस्तै अर्का ग्राहक दिनेश श्रेष्ठले बैंकले एटीएम कार्ड दिनै ढिला गरेको गुनासो गरेका छन् । ‘के गर्ने आफ्नो त एटीएम चाहीँ दिनै ढिला, यस्तो पनि अफिस हुन्छ ?’, उनले भनेका छन्, ‘हुन त सरकारी काम कहिले जाला घाम भन्थे, त्यस्तै होला ।’

नेपाल प्रहरीका सिपाही रहेका अर्का एकजनालाई पनि राष्ट्रिय वाणिज्य बैंकको एटीएममा ठूलो समस्या परेको छ । उनले खाता खोलेर एटीएम लिएपनि यस्तो खाता नै नभएको भनेर समस्या सिर्जना गरेको लेखेका छन् । ‘एटीएम त पाइयो तर ‘यू डोन्ट हाएभ दिस टाइप अफ एकाउण्ड अस’ भन्छ, यो के भनेको हो ?’, उनले प्रश्न गरेका छन् । 

बैंकले सर्वसाधारण तथा ग्राहकले आफ्नो फेसबुक पेज हेर्छन् भन्ने सोँचेर सूचना तथा जानकारी त राखेको छ, तर ग्राहकले गरेको कमेण्ट हेरेर उनीहरुका समस्या समाधान गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया