सर्वोत्तम सिमेन्टको दोश्रोे साधारण सभा आगामी माघ ६ गते (जनवरी १९) मा बोलाएको छ ।
कम्पनीले तिनकुने स्थित न्यैपाने टावरमा रहेको आफ्नो सभाहलमा साधारण सभा बोलाएको हो ।
गत पुस ८ को संचालक समितिको बैठकले माघ का लागि साधारण सभा बोलाएको थियो ।
साधारण सभाले समितिको दोश्रो वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले सेयरधनीहरुका लागि जारी गरेको सुचनामा आ.व २०७६/०७७ को लागि लेखापरिक्षक र पारिश्रमिक अनुमोदन, बुक विल्डिङ तथा अन्य विषयमा छलफल हुने भनिएको छ ।
प्रतिक्रिया