काठमाडौं- सिभिल लघुवित्त लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई ८६ लाख १८ हजार ६०९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो ।
पुस २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१८ प्रतिशत नगद गरी जम्मा ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्ता पूँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रुपैयाँको ३.५० प्रतिशत बराबरको ८१ लाख ८७ हजार ६७९ रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१८ प्रतिशत बराबरको ४ लाख ३० हजार ९३० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया