आज ज्योति विकास बैंकको बोनस सुरक्षित गर्ने अन्तिम दिन, बोनश कति प्रतिशत ?

५ बर्ष अगाडि

काठमाडौं- ज्योति विकास बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

बैंकले आफ्नो १३औं साधारण सभा माघ १४ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाण्डौंमा बोलाएको छ । साथै सभा र लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति पुस २९ गतेदेखि माघ १० गतेसम्म ताकेको छ ।

यसअनुसार पुस २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउने छन् । भने साधारण सभामा पनि प्रतिनिधित्व जनाउन सक्नेछन् । 

बैंकले साधारण सभा मार्फत मर्जर तथा प्राप्तीमा जाने बाटो खुला गर्ने भएको छ । यसअघि हाम्रो विकास बैंकसँग मर्जर गरेको बैंकले थप मर्जर चाहेको हो । सभामा गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने लाभांश अनुमोदनको अतिरिक्त मर्जर प्राप्तीलाई मुख्य प्रस्ताव बनाइएको छ ।

उक्त सभाले ज्योति विकास बैंक र अन्य उपयुक्त कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने, डिडिएका लागि मूल्याङ्कनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ ।

त्यस्तै सभाले बैकको ५४.३५ प्रतिशत संस्थापक समुहको शेयर ५१ प्रतिशत कायम गरी बाँकी शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया