काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्तले कर्मचारीको माग गरेको छ ।
सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक र कनिष्ठ सहायक पदपूर्तिका लागि लघुवित्तले कर्मचारीको माग गरेको हो ।
लघुवित्तका अनुसार पर्सा, चितवन, नवलपरासी, नवलपुर, रूपन्देही, दङ्ग, बाँके, बर्दिया, कैलाली कञ्चनपुर, पाल्पा, अर्घाखाँची, तनहुँ, सल्यान, प्यूठान, सुर्खेत, गुल्मी, डडेल्धुरा जिल्लाका स्थानीय र चालक अनुमतिपत्र हुनेलाई विशेष प्राथामिकता दिइएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरूले माघ १३ गतेसम्म आवेदन दिनसक्ने लघुवित्तले जनाएको छ ।
प्रतिक्रिया