कृषि विकास बैंकले बीएन सुपरमार्केट प्रालिका सञ्चालक बिरेन्द्र थापा र निशा थापाको सम्पति लिलामी प्रकृया अगाडि बढाएको छ।
थापा दम्पतीले लिएको ऋण नतिरेपछि बैंकले काठमाडौंका विभिन्न स्थानमा रहेको आठ वटा कित्ता जग्गा र २ वटा घर लिलामीमा राखेको हो ।
उनीहरुबाट बैंकले ५१ करोड २६ लाख ९० हजार रुपैयाँ उठाउन बाँकी छ। उनले पनि ब्यवसायिक भवन निर्माणका लागि ऋण लिएका थिए। यो पनि पुरानो ऋण हो। बैंकले यी ऋणहरुको नोक्शानी ब्यवस्थापन गरेर अपलेखन गरिसकेकोछ ।
काठमाडौंका बैंकले लिलाम गर्दैछ। यसमध्ये दुई वटामा घर छन्। एउटा घर १७ सय २६ वर्ग फिटको छ भने अर्को १९ हजार २३७ वर्ग फिटको छ। वडा नम्बर १८ र र ३२ मा गरेर कुल ५५ आना जति जग्गा छ।
प्रतिक्रिया