काठमाडौं- प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ बाट १९ करोड २३ लाख ३१ ह्जार ८८० रुपैयाँ शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस २७ गते सम्पन्न भएको इन्स्योरेन्स सञ्चालक समितिको २९० औं बैठकले ११.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
कम्पनीको हाल १ अर्ब ७४ करोड ५ लाख ६० हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया