एसबीआर्ई बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याज दर, बेसरेट घटेपछि ब्याजदर पनि प्रभावित

५ बर्ष अगाडि

 काठमाडौं। नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंगलबार पुरानो ब्याजदरमा परिवर्तन हुनेगरी नयाँ ब्याज दर सार्वजनिक गरेको हो । नयाँ ब्याजदर माघ १ गतेबाट लागू हुने छ । 

बैंकको सूचना अनुसार बचतको ब्याज ३ देखि १.५ प्रतिशतमा यथावत राखेको छ। त्यस्तै यसअघि ४ प्रतिशत रहेका सर्वसाधारणका लागि दिने ६ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याज पनि यथावत  राखेको छ। 

तर मुद्धतीतर्फ संस्थागत÷विदेशी कूटनीतिक निकायको ब्याजदर भने ५ बाट चार प्रतिशतमा झाररेको छ । बैंकका अनुसार एकदेखि दुई वर्ष अवधिको संस्थापकतिरको ब्याज ६ प्रतिशतबाट साढे ५ प्रतिशतमा झरेको छ। 
मंसिर महिनाको बेसरेट (आधार दर) अनुसार ब्याजदर परिवर्तन गरेको बैंकले जनाएको छ । असोजमा ८ दशमलव ३७ प्रतिशत रहेको एसबीआई  बैंकको आधार दर मंसिरमा ७ दशमलव ९३ प्रतिशतमा झरेको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया