'जब फेयर २०२१' बिहीबारबाट सुरु, कुमान घिसिङ देखि अनुराधा कोइराला सम्म

५ बर्ष अगाडि

काठमाडौं- नेपाल 'जब फेयर २०२१' बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच अन्तरक्रिया गर्ने लक्ष्यसहित नेपाल 'जब फेयर २०२१' सुरु हुन लागेको हो । 

एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलो पटक हुन लागेको नेपाल जब फेयर तीन दिनसम्म सञ्चालन हुने बताइएको छ । यसमा रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया हुने एस्पायर जब्सले जनाएको छ ।

जब फेयरको उद्घाटन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने बताइएको छ । साथै कि नोट स्पिकरका रुपमा अर्थशास्त्री हरि रोका र रोजगार विज्ञ प्रा. डा. रमेशप्रसाद कोइराला त्यस्तै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ रहनेछन् ।

कार्यक्रममा सिएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा। सूर्यराज आचार्य, रोजगारविद् डा। गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठ लगायतले सम्बोधन गर्ने पनि बताइएको छ ।

त्यस्तै पूर्व गर्भनर डा. चिरन्जीवी नेपाल, अशोक सिग्देल, क्याप्टेन विजय लामा, प्रकाशदेव पालिखे, तारा पौडेल लगायतले विभिन्न क्षेत्रमा रोजगारीका सम्भावना र जनशक्ति विकासका विषयमा प्रकाश पार्ने कार्यक्रम रहेको एस्पायर जब्सले जनाएको छ ।

काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुने जब फेयरमा युवा उद्यमशीलता सम्बन्धी प्रतिस्पर्धा, वैदेशिक अध्ययन सम्बन्धी सेमिनार, एभिएसन र हस्पिटालिटी क्षेत्रसम्बन्धी करियर सेमिनार लगायतका गतिविधि सञ्चालन हुनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया