काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्जले शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा प्रयोजका लागि बुक क्लोज गरेसँगै नेप्सेले बैंकको मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो।
समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको छ। नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार बैंकको शयर प्रतिकित्ता ४७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
बैंकको १९ औँ बार्षिक साधारण सभा माघ १६ गते बिहान ११ बजे आम्रपाली बैंक्वेटमा सम्पन्न हुँदै छ । सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया