आज १० कम्पनीको साधारण सभा, कुनको लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं- आज १० वटा कम्पनीको साधारणसभा सम्पन्न हुँदै छ । पुष महिनाको अन्त्य नजिकएसँगै धेरै कम्पनीको साधारणसभा हुने गरेकोले आज एकै दिन १० कम्पनीको साधरण सभा परेको हो । 

लक्ष्मी बैंकबैंकको २०औं वार्षिक साधारणसभा आज बिहान ११ः३० बजे बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा हुँदैछ । 

बैंकको आजको साधारणसभाले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

वुटवल पावर कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा आज विहान ११ बजे देखि २८औं वार्षिक साधारणसभा हुँदै छ । यो कम्पनीको आज हुँने सभाले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
 
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको पनि आज आठौं वार्षिक साधारणसभा होटल वाटर टावर, विदुर–३, नुवाकोटमा विहान ११ बजे हुँदैछ । 

यो कम्पनीको साधारणसभाले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट १६।९४ प्रतिशत बोनस शेयर र ०.८९१६ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।

त्यस्तै गुहेश्वरी माईक्रोफाइनान्स लघुबित्तको पनि आज १९ औं वार्षिक साधारणसभा हुँदै छ । संस्थाले आव ०७६/०७७ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साना किसान लघुवित्त वित्तीय संस्थाको  पनि आज नै १९औं वार्षिक साधारणसभा हुँदै छ । संस्थाले आव ०७६/०७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १.३१५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै नेपाल एसबिआई बैंकको पनि आज साधारणसभा सम्पन्न हुँदै छ । बैंकले आव ०७६/०७७ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश पारित गर्ने छ । 

वोमी लघुवित्त संस्थाले पनि आज दिउँसो ३ बजे बार्षिक साधारण सभा बोलाएको छ । संस्थाको नवौं वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर पारित गर्दैछ ।

ङादी ग्रुप पावर लिमिटेड कम्पनीको पनि आज हुने सातौं वार्षिक साधारणस सम्पन्न हुँदै छ । कम्पनीले सभामा आव ०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर, ०.५२६ प्रतिशत नगद लाभांश र ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्नै आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पनि आज दिउँसो ३ बजे बार्षिक साधारण सभाको आयोजना गरेको छ । सभामा बैंकले आव ०७६/०७७ को चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश पारित गर्दैछ ।

र एनएमबि क्यापिटल लिमिटेड कम्पनीले पनि अजा आफ्नो १०औं वार्षिक साधारण सभा दिउँसो ३ बजे बोलाएको छ । कम्पनीले आव ०७६/०७७ को मुनाफाको २१.०५२६ प्रतिशत नगद लाभांश पारित गर्दैछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया