सिभिल बैंकद्धारा लाभांश वितरण गर्ने प्रस्ताव, कति प्रतिशत

५ बर्ष अगाडि

काठमाडौं- सिभिल बैंकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पुस २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ ।

चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँको ८ प्रतिशतले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ बोनस र ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ नगद गरी कुल ६७ करोड ३९ लाख ६९ हजार ६५५ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको बताइएको छ । 

प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४६ रुपैयाँ पुग्नेछ । बैंकले अघिल्लो आव २०७५/७६ बाट ६.५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया