काठमाडौं- अर्थ मन्त्री विष्णु पौडेलले स्थानीय तहहरूमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गरेका छन् । अर्थ मन्त्रालयको आयोजित बैठकमा मन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठलाई यस्तो अनुरोध गरेका हुन् ।
स्थानीय तहहरूमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन नसकेको बताउँदै खर्च हुन बाँकी रहेको रकम खर्च गरी गाउँपालिका र नगरपालिकाहरूमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरेका छ । यसैबीच अर्थमन्त्री पौडेलले कोरोनाबाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
साथै मन्त्री पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमि सम्बन्धी समस्यालाई पनि स्थायी रुपमा समाधान गर्ने बताएका छन् ।
प्रतिक्रिया