चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिनेको सङ्ख्या हाल सम्मकै उच्च, भोलि अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं- चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बिक्री बन्द हुन एक दिन बाँकी रहँदा साढे १० लाख बढीले आवेदन परेको छ । यो हालसम्मकै निष्कासन भएका आईपीओमा परेको उच्च आवेदन सङ्ख्या हो ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार कित्ता आईपीओ जारी गरेको थियो । उक्त दिनदेखि निष्कासन भएको आईपीओमा सोमबार साँझसम्म १० लाख ६३ हजार ८९३ वटा आवेदन परेको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २ अर्ब १० करोड ५२ लाख ३२ ४४ हजार रुपैयाँ बराबरको २ करोड १० लाख ५२ हजार ३२० कित्ता शेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ९६ हजार कित्ताको १५ गुणा बढी रहेको जनाएको छ ।

कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन्। चन्द्रागिरी हिल्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। आईपीओ बिक्री भोलि मंगलबार बन्द हुँदै । 

५ बर्ष अगाडि

प्रतिक्रिया