काठमाडौं- स्रोत नखुलेको नगद र चेक सहित २६ वर्षीय राम कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका २ नागढुङगाबाट ३७ लाख रुपैया नगदँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित गुरुङलाई प्रकाउ गरिएको छ ।
प्रहरीका अनुसारचितवन माडी नगरपालिका ६ निबासी गरुङलाई चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाईस गाडीलाई जाज गर्ने क्रममा उक्त नगद र चेक सहित पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया